
काठमाडौं। भारतले नेपालमा जारी बाढीपहिरोको राहत तथा उद्धारका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ।
भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन्।
भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराएका छन्। नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गरेका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएको बताएका छन्।
उनले नेपालमा रहेका भारतीय नागरिकको सुरक्षा र अवस्थाबारे सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको समेत जनाएका छन्।
