Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पटक-पटक म्याद थप गर्दा पनि काम नगरेपछि सामरी खोला पुलकाे ठेक्का रद्द   


हेटाैंडा । बागमती प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटक-पटक म्याद थप गर्दा पनि पूरा नगरेपछि ठेक्का रद्द गरेको छ । पूर्वाधार विकास कार्यालय र नागार्जुन-शङ्करमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने पुलका लागि २ पटक म्याद थप गरिएकाेमा काम नगरेपछि ठेक्का रद्ध गरिएकाे हाे ।

मन्त्रालयले हालसम्म निर्माणकार्य अगाडि नबढाइएको भन्दै ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा समेत राख्ने निर्णय गरेको छ । नागार्जुन-शङ्करमाली जेभीले तोकिएको समयभित्र निर्माण गर्न नसकेपछि प्रथम पटक २०७५ चैत २६ गते ३ महिना ४ दिनका लागि समय थप गरिएकोमा काम हुन नसकेपछि २०७६ फागुन ८ गते पुनः एक वर्षको लागि समय थप्दा पनि हालसम्म काम नभएकाले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

जनताको जनजीवनसँग जोडिएको विकासका पूर्वाधार निर्माणमा पटकपटक समय थप्दा पनि काम नभएपछि रद्द गर्नुको विकल्प नरहेको उनकाे भनाइ थियो । प्रदेश सरकारसँग पहुँचको आधारमा काम छल्ने कार्य अब अन्त्य हुने मन्त्री दुलाललले बताए ।

कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउदासमेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानीमा सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्री दुलालले बताए ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौताअनुसारको लागत रकम पाँच करोड ३७ लाख ९२ हजार ३ सय रुपैँया रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैंक ग्यारेन्टी रकम  २६ लाख ९० हजार रुपैयाँ समेत जफत हुने जनाएको छ ।


Read Previous

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण क्षमतामा चल्याे,निजी प्रवर्द्धकका जलविद्युतगृहलाई राहत

Read Next

हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको फेरियो पहिचान   

Leave a Reply

Your email address will not be published. Required fields are marked *