Nepal Purbadhar

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण क्षमतामा चल्याे,निजी प्रवर्द्धकका जलविद्युतगृहलाई राहत


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १३२ केभी दाेर्दी करिडाेर प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन गरेकाे छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाह गर्न निर्माण गरिएको डबल सर्किट प्रसारण लाइन बिहीबारबाट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएकाे हाे ।

२०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावर पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे प्राधिकरणले जनाएकाे छ । याे प्रसारण लाइन सञ्चालनमा आएसँगै दाेर्दी करिडाेरमा निर्माण सम्पन्न भई आंशिकरूपमा चलिरहेका जलविद्युत आयाेजना पूर्ण क्षमतामा चलाउने पूर्वाधार प्राधिकरणले तयार भएकाे छ ।

याे प्रसारण लाइन पूर्ण क्षमतामा नचल्दा गत वर्ष बर्खा याममा दाेर्दी करिडाेरसमा सञ्चालित जलविद्युतगृहकाे विद्युत खेर गएकाे थियाे । याे प्रसारण लाइनमार्फत करिब ३ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड मात्रै सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्याएका टावरहरूको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।

वैकल्पिक व्यवस्थाक व्यवस्था गरी दोर्दी खोला-१ आयाेजनाकाे साढे ३ किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरुको विद्युत् जोडिएको थियो । टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला-१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत सहित  त्यस करिडाेरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत यही लाइनमा जोडिने छ ।

उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ ।

आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावरहरु  २०७८को असारमा  असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।


Read Previous

सडक कालोपत्रपछि गाउँकाे उत्पादनले बजार पायो   

Read Next

पटक-पटक म्याद थप गर्दा पनि काम नगरेपछि सामरी खोला पुलकाे ठेक्का रद्द   

Leave a Reply

Your email address will not be published. Required fields are marked *