Nepal Purbadhar

चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   


चितवन । भरतपुर महानगरपालिका-२९ का साढे ३ सय परिवारमा खानेपानी सुविधा पुगेकाे छ । ९ करोड रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएपछि यी परिवारमा खानेपानीकाे सुविधा पुगेकाे हाे ।

सङ्घीय सरकार र प्रदेश सरकारको ५ करोड ९५ लाख रुपैयाँ,  भरतपुर महानगरको १ करोड ७५ लाख रुपैयाँ तथा स्थानीयको ६२ लाख रुपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । ५ वर्षपछि उक्त योजना सम्पन्न भएको हो ।

योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् ।

स्थानीय सुशीला गुरुङले खानेपानी याेजना सफल भएपछि आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताइन् । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ ।

योजनाका सचिव केशव ढकालले बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको बताए । आयोजनाअन्तर्गत एउटा मुहान छ । ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ ।

थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए ।


Read Previous

हुलाकी सडक निर्माण : ५ पटक म्याद थप्दा पनि अधुरै

Read Next

सडक कालोपत्रपछि गाउँकाे उत्पादनले बजार पायो