Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि २६ गतेसम्म काठमाडाैंमा हुने


काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठमा हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमसँगको सहकार्यमा २०८० सालको जेठ २३ गतेदेखि २६ गतेसम्म (जुन ६–९ ) काठमाडौंमा हिमालय ट्राभल मार्टको चौथो संस्करण आयोजना हुन लागेको हो ।

सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएकोमा कोभिड–१९ महामारीका कारण त्यस यता आयोजना हुन सकेको थिएन । हिमालयन ट्राभल मार्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई सहभागिताका लागि आमन्त्रण गरिने पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले बताए । हिमालयन ट्राभल मार्टले देशको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र नेपाललाई महामारी पछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न सहयोग पुग्ने उनले बताए ।

‘कोभिड–१९ माहामारीले विश्वव्यापी यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपाल पनि यसबाट अछुतो छैन,’ उनले भने,‘ अहलिे पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा पहल गर्न सहयोग पुग्नेछ’

मार्ट आयोजना हुने मिति घोषणापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले विश्वभरबाट आउने पर्यटकलाई सहजरूपमा नेपाल भ्रमण गर्न आउन अनुरोध गरे । उनले हिमालयन ट्राभल मार्टमा सहभागी भई नेपालले प्रदान गर्ने जीवन्त अनुभवहरूको अनुभूति लिन तथा कोभिड–१९ पछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आव्हान समेत गरेका छन् ।

देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रूपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरूबाट विक्रेताहरू तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याड, एसियाली देशहरू, अरब राष्ट्रका विश्वव्यापी क्रेताहरूलाई एउटा मञ्चमा भेला गराई उनीहरूबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्वितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम हो ।

नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशको द्वार’, साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तव्यको बलियो ब्रान्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ आयोजना हुने हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै अपेक्षा लिएको आयोजकले जनाएको छ ।


Read Previous

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

Read Next

गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

Leave a Reply

Your email address will not be published.