Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

माथिल्लो चमेलियाबाट बैशाखदेखि विद्युत उत्पादन


काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट आगामी बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । आयोजनाबाट यही फागुन महिनामा विद्युत उत्पादन सुरु गर्ने भनिए पनि विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य सम्पन्न भइनसकेको हुँदा बैशाखमा सारिएको हो ।

आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले बैशाख १५ गतेभित्रमा विद्युत उत्पादन गर्ने गरी विद्युतगृहमा उपकरण जडानको काम भइरहेको प्रवद्र्धक अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्दिप न्यौपानेले बताए । यो आयोजनाले उत्पादन गर्ने विद्युत नेपाल विद्युत प्राधिकरणले दार्चुलाको बलाँचमा निर्माण गरेको १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

‘हाम्रो लक्ष्य फागुनभित्रै विद्युत प्रसारण प्रणालीमा जोड्ने भन्ने थियो,’ उनले भने,‘काम गर्दै जाँदा केही बढी समय लाग्यो । तर, पनि हामी ढिलो भएका छैनौं । आयोजना अबको करिब २ महिनाभित्र प्रसारण प्रणालीमा आइसक्छ ।’ यो अपि पावरले दार्चुलामा निर्माण गरिरहेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् । कोरोना कालमा केही समय काम सुस्त भए पनि पछि निर्माणलाई तीव्र पारिँदा आयोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

कम्पनीले आयोजनाको विद्युत बलाँच सबस्टेसन पुर्याउन १६ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्मको अवस्थाले निर्धारित लागतभित्रै आयोजना सम्पन्न गर्न सम्भव देखिएको न्यौपानेले बताए ।

आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य लगायत ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत लगानी स्वपुँजी (इक्विटी) हो ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्न सकिनेछ । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले सौर्य ऊर्जामा समेत लगानी गरी धनुषा, रौतहट र बाराको सिमरामा गरी ३ सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ ।

कम्पनीले प्रसारण प्रणालीमा जोडेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ६ मेगावाट छ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले हरित हाइड्रोजनमा पनि लगानी गर्दैछ । विभिन्न जिल्लामा ५० मेगावाटका हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ ।


Read Previous

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

Read Next

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

Leave a Reply

Your email address will not be published.