Nepal Purbadhar

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिवार राती ९ बजे स्वदेश फर्कनु भएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरे ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिवार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत जानु भएको थियो । नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।


Read Previous

नुवाकोटको विदुरमा लिच्छवीकालीन विहारको अध्ययन सुरु   

Read Next

५ करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

Nepal Purbadhar