Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नुवाकोटको विदुरमा लिच्छवीकालीन विहारको अध्ययन सुरु   


त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । पुरातत्व विभागले प्राप्त इतिहासअनुसार करिब १४ सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि अध्ययन सुरु गरेको हो ।

अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अहिले देखिएका स्वयम्भू/चैत्यको संरचना निकै पुरानो पाइएको छ ।

विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । “अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ”, प्रवक्ता कुँवरले भने, “जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।”

स्वयम्भू (चैत्य) को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।

स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था    

छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ ।

“चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ”, उनले भने, “लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो ।”

विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका थिए । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ ।

उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्त्वकाे  रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए ।


Read Previous

क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

Read Next

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

Leave a Reply

Your email address will not be published.