Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

५ करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा


चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । ५ करोड रूपैयाँभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ ।

सो कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ ।

दुई बिघा क्षेत्रफलमा सञ्चालित सो स्कुलका सञ्चालकमा युवा व्यवसायी माधवप्रसाद अधिकारी, रामनारायण घिमिरे, राजन क्षेत्री र विवेकजङ्ग थापा रहेका छन् । महेश सन्यास आश्रमदेवघाटका संरक्षक स्वामी मधुसुधानन्द गिरी शनिबार सो स्कुल सञ्चालनको शुभारम्भ गरे ।

सो अवसरमा सञ्चालक अधिकारीले ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ का सबै मापदण्डअनुसार चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याएका हौं’ उनले भने ।  उनका अनुसार स्कुलमा एकैपटक बीसभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने छ ।

हाल मोटरसाइकल, स्कुटर, अटो र चारपाङ्ग्रे सवारीसाधनको चालक प्रशिक्षण दिन स्कुलले सुरुआत गरेको छ । ‘प्रशिक्षार्थीको माग र आवश्यकतानुसार भविष्यमा अन्य सवारीसाधनको लागि पनि प्रशिक्षण दिने तयारीमा छौँ । प्रशिक्षार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सवारी सीप र ज्ञानसम्बन्धी पुस्तक वितरण, परामर्श र तालिम दिने छौं’  उनले भने ।

स्कुलले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम र सचेतनासम्बन्धी जानकारी पनि एकैसाथ अगाडि बढाउने जनाएको छ । स्कुलका सञ्चालक घिमिरेले  स्कुललाई नमूना ड्राइभिङ स्कुल र सवारी सुरक्षासम्बन्धी अध्ययन केन्द्र रूपमा विकसित गरिने बताए ।  सवारी दुर्घटनारहित समाज सिर्जना गर्नु र यसलाई पूरा गर्न सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिने उनकाे भनाइ छ ।

पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ । उनले दक्ष सवारी चालक उत्पादन गर्ने लक्ष्यका साथ धेरै लगानी गरेर स्कुल सञ्चालनमा ल्याइएको बताए । अर्का सञ्चालक थापाले अन्य ड्राइभिङ स्कुलभन्दा चितवन ड्राइभिङ स्कुल फरक रहेको दाबी गर्दै यसले दक्ष सवारी चालक उत्पादन गरी सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।


Read Previous

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

Read Next

भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *