Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत गएका हुन ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्नुहुने कार्यक्रम छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका हुन । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।


Read Previous

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

Read Next

आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *