Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन


काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग आज भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन्। निर्माण उद्योगको सकारात्मक सहयोगविना काम गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए।

‘मन्त्रालयको पूँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले तीन वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुनेगरी काम गनुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णका बारेमा पहिल्यै भन्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने।

मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने उल्लेख गर्दै उनले राज्य एवं निर्माण व्यवसायी मिलेर काम गर्नुपर्नेमा जोड दिए। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले आयोजना सम्झौताका बेला दस्तावेजमा हस्ताक्षर गर्ने तर काम नगर्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्यका लागि यस किसिमको छलफल आयोजना गरिएको बताए।


Read Previous

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

Read Next

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै

Leave a Reply

Your email address will not be published.