Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै


काठमाडौं ।  विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।

जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ । यति स्लिम भएर पनि यसमा ब्याट्रि भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहन पर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।

अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमा बित्ने गर्छ । गेम खेल्न होस् अथवा आफ्नो परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्न होस् अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहनको लागि फोन धेरै समयसम्म चलाईरहनु पर्ने हुन्छ । त्यसैले स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ ।

त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हल्का र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।

६.४ इन्चको ठूलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हल्का र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो । त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २००% प्रतिशत अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै अकर्षणा थपेका छन ।


Read Previous

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

Read Next

पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published.