Nepal Purbadhar

हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने


मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन सञ्चालन गराइएको छ। उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमकाअनुसार काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस)लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरू र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्तरुपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरूपमा हल्का सवारीसाधन सञ्चालन गराइएको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिए

Facebook Comments

Read Previous

७ महिनामा ३७ प्रतिशत बजेट खर्च

Read Next

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar