Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च


काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनामा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माणको विभिन्न चरणमा रहेका राष्ट्रिय गौरवका परियोजनामा यति बजेट खर्च भएको हो ।

यो अवधिमा यी परियोजनामा चालूतर्फ ८० करोड ७९ लाख रुपैयाँ तथा पुँजीगततर्फ १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १४ करोड १३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनका अनुसार अहिलेसम्म खर्च भएको यो राष्ट्रिय गौरवका परियोजनामा विनियोजित बजेटको १५.१६ प्रतिशत हो ।

चालू आवमा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनाका लागि चालूतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ र वित्तीयतर्फ ६ अर्ब ८६ करोड रुपैषँ गरी जम्मा ९८ अर्ब ६४ करो ६४ लाख रुपैयाँ विनियोजना गरिएको छ ।

राष्ट्रिय गौरवका परियोजनामध्ये १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल मध्य पहाडी लोकमार्ग १ हजार २ सय ५९ किलोमिटर कालोपत्रे भएको छ । लोकमार्गको रुटमा पर्ने १३७ वटा पुलमध्ये ९३ वटा निर्माण सम्पन्न भइसकेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, १ हजार ७ सय ९२ किलोमिटर लामो हुलाकी राजमार्ग ८ सय ८१ किलोमिटर कालोपत्रे गरिएको छ भने २१९ मध्ये ११५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । उत्तर दक्षिण कोसी कोरिडोर १६२ किलोमिटर सडकमध्ये १५० किलामिटर ट्र्याक खोल्ने कार्य पूरा भएको छ । यो सडकको बाँकी १२ किलोमिटर ट्र्याक खोल्न काम भइरहेको पनि अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित प्रगति विवरणमा छ । यो सडक खण्डमा पर्ने ८ वटा पुल निर्माण कार्य सम्पन्न भइसकेका छन् ।

यस्तै, उत्तर दक्षिण कालीगण्डकी कोरिडोरको मालढुंगा–राम्दी सडक खण्डको २४५ किलोमिटर मध्ये २४४ किलोमिटर ट्र्याक खोलिएको छ । कोरिडोरको गैँडाकोट–पिपलडाँडा खण्डको १३२ किलाटिमरमध्ये ६३ किलोमिटर कालोपत्रे भइसकेको छ ।

यो खण्डमा पर्ने १९ वटै पुलहरू निर्माण सम्पन्न भइसकेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा जनाइएको छ ।कोरिडोरकै बेनी–जोमसोम १९९ किलोमिटरको ट्र्याक खोलिएकार र १६० किलोमिटर सडक ग्राभेल भई २० किलोमिटरमा मात्रै कालोपत्रे भएको प्रगति छ ।

यसैगरी, उत्तर दक्षिण पर्ने २६८ किलोमिटर कर्णाली कोरिडोर सडक खण्डको २६३ किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न भइरहेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा जनाइएको छ । राष्ट्रिय गौरवको परियोजनामा सूचीकृत मेट्रो रेल तथा मनोरेल विकास आयोजना अन्तर्गत महोत्तरी, सर्लाही र रौतहट जिल्ला छुने ७० किलोमिटर रेलमार्ग मध्ये ५२.किलोमिटर ट्र्याकब्रेड निर्माण गरिएको छ । यो रुटमा पर्ने ५ वटा पुल पनि निर्माण पूरा गरिएको छ ।

निर्माणाधीन ७२.५ किलोमिटर लामो काठमाडौं–तराई–मधेश द्रुत मार्गको सुरुङमार्गको प्याकेज–१ र २ को सर्भे, फिल्ड इन्भेष्टिगेसन, डिजाइन तथा ड्रइङ कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ गरिएको छ । प्याकेज–३, ४ र ५ को ठेक्का सम्झौता भई कामको सुरुवात हुने चरणमा पुगेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मन्त्रिपरिषदबाट गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेको छ । १२ सय मेगावाटको बूढीगण्डकी जलाशय परियाेजनाकाे जग्गा प्राप्ति गरी मुआब्जा वितरण कार्य भइरहेको छ । ७५० मेगावाटकाे अर्काे पश्चिम सेती जलाशय परियाेजनाकाे प्रगति भने शून्य रहेकाे अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदनमा जनाइएकाे छ ।

मिलेनियम च्यालेन्ज एकाउन्टले कार्यन्वयन गरिरहेको ३१२ किलोमिटर ४०० केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नका लागि प्रारम्भिक इन्जिनियरिङ डिजाइन कार्य भएको छ । रातमाटे सबस्टेसनका लागि जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

यसै वर्ष निर्माणमा गएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको २.६ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न हुँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कैलालीको लम्की विस्तार नहरको १५ किलोमिटर निर्माण कार्य पूरा भएको छ ।

राष्ट्रिय गौरवका परियोजनामध्ये ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना तथा लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।


Read Previous

हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने

Read Next

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.