Nepal Purbadhar

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले गरे जीपलाइन उद्घाटन


काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन्।

हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए। जीपलाइनको अनुभव लिँदै उनले भने, ‘जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ।’

करिब तीन करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ।


Read Previous

चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

Read Next

७ महिनामा ३७ प्रतिशत बजेट खर्च