Nepal Purbadhar

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

मध्यपुरथिमिको कमेरोटारमा २३ वर्षपछि बस्तीमा धारा वितरण


काठमाडौं । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८/५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो । नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले संयुक्तरुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सुरु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

खानेपानीको चरम अभाव रहेको १ हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित आयोजनाभित्र करिब २ हजार २ सय कित्ताका घरका धारामा खानेपानीको लाइन जडानको काम सम्पन्न गरेर पानी वितरण सुरु गरिएको र पानीका लागि सबैलाई आवेदन दिन आह्वान गरिएको आयोजना प्रमुख ई सत्यनारायण शाहले जानकारी दिए । उनले यस क्षेत्रमा अन्तिम सम्ममा करिब ३ हजार धारा वितरण गर्ने लक्ष्य राखेको बताए ।

आयोजनाले यसअघि नै घर तथा घर निर्माण नभएका प्लटमा समेत खानेपानीका धाराको पाइपलाइन विस्तार गरिसकेको छ । आयोजनाभित्र पछि निर्माण हुने घरमा धाराको पाइप राख्नकै लागि सडक खन्न नपर्ने गरी खाली जग्गामा पाइप पु¥याइएको उनले जानकारी दिए ।

उनले नगरपालिकाले आयोजनाभित्र १४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण सुरु गरेको बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाको आफ्नै करिब एक करोड रुपैयाँको लागतमा आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्नेगरी पानी ट्याङ्की निर्माण सुरु गरेका छौँ, मध्यपुरथिमि भित्रका पानीको स्रोत परिचालन गरी पानी अभाव हुन नदिने व्यवस्था गर्न आयोजनाले ध्यान दिने जानकारी दिए ।

उनले ट्याङ्की निर्माण सम्पन्न गरी आयोजनाका बासिन्दाकै लागि डिप बोरिङ गरी पानीको स्रोत व्यवस्थापन गर्ने योजना अगाडि सारेको जानकारी दिए । उनले आयोजना क्षेत्रभित्रको सडक कालोपत्र, ढल व्यवस्थापन र खानेपानीको विस्तारका लागि ठेक्का लिएका निर्माण कम्पनीले यही महिना बाँकी काम नगरे ठेक्का रद्द गरी धरौटी जफत गर्ने जानकारी दिए ।

खानेपानी वितरण सुरु भएकामा खुसी व्यक्त गर्दै आयोजनाभित्रका बासिन्दा पुरुषोत्तम कार्कीले खानेपानीको चरम अभाव भएको यस क्षेत्रमा सबैलाई समान रुपमा पानीको उपभोग गर्ने गरी वितरण गर्नुपर्ने बताए । उनले यहाँभित्रका सबै विवाद सल्टाएर छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्न माग गर्नुपर्ने बताए । रासस ।


Read Previous

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

Read Next

बागलुङको घुम्टे लेकमा भिर छिचोलेर पदमार्ग

Leave a Reply

Your email address will not be published.