Nepal Purbadhar

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने


काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ। गत पुष २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

हाइड्रोपावरको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।


Read Previous

बोलकबोलमार्फत ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

Read Next

सपोर्ट लघुवित्तको लाभांश घोषणा