Nepal Purbadhar

राष्ट्र बैंकले गर्यौ घरजग्गा, शेयर, विदेशी बैंकमा रकम जम्मा र कारोबार गर्न नेपालीलाई प्रतिबन्ध


काठमाडौं । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १०क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ । सोही ऐनको दफा ९ग ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम वाहेक नेपालमा बसोबास गर्न व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।

नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु गर्न प्रतिबन्धित रहेको सूचनामा उल्लेख छ । विदेशमा लगानी हुन सक्ने घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न पाइने छैन ।

उल्लेखित विषयसम्बन्धी प्रचार–प्रसार समेत राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु नगराउन बैंकले सूचनामार्फत जानकारी दिएको हो ।

त्यस्तो कार्य गर्ने र गराएको पाइएमा कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

Notice_FXMD_2079.09.29

Read Previous

७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

Read Next

निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी