Nepal Purbadhar

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा तत्काल जुट्न उज्यालो नेपाल पार्टीको अपिल

फाइल तस्बीर।


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको अकस्मात् ठूलो बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा भएको क्षति तथा नुवाकोटको त्रिशूली र आसपासका तल्लो तटीय क्षेत्रमा बढ्दो जोखिमप्रति उज्यालो नेपाल पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

पार्टीले प्राकृतिक विपत्तिका कारण हुन सक्ने थप जनधनको क्षति न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।

पार्टीले जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतसँगै आवश्यक स्वास्थ्य र खाद्यान्न सहयोगको प्रभावकारी व्यवस्था गर्न आग्रह गरेको छ। भोटेकोशी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा सम्भावित थप जोखिमलाई ध्यानमा राखी समयमै सूचना प्रवाह, उद्धार टोलीको परिचालन र आवश्यक तयारीलाई तीव्रता दिन पनि आग्रह गरिएको छ।

यसैगरी, विपद्को अवस्थामा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय पार्टी संरचनालाई प्रभावित क्षेत्रमा तत्काल परिचालित भएर उद्धार, राहत तथा मानवीय सहयोगमा सक्रिय रूपमा जुट्न उज्यालो नेपाल पार्टीले आह्वान गरेको छ।

स्थानीय जनताको जीवनरक्षा र तत्कालीन आवश्यकतालाई सर्वोच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी सहयोगका सबै सम्भावित प्रयास गर्न पार्टीले आग्रह गरेको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट तथा तल्लो तटीय क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै पार्टीले विपद्को कठिन घडीमा धैर्य र संयम अपनाउन तथा जोखिमयुक्त नदी किनार र अन्य स्थानमा नजान सबैमा अनुरोध गरेको छ।

पार्टीका केन्द्रीय सचिव केदार खड्काले जारी गरेको अपिलमा उक्त आग्रह गरिएको हो।


Read Previous

रसुवामा विद्युत् आपूर्ति अवरुद्ध: रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, बी सहित सबस्टेसनमा क्षति

Read Next

रसुवा बाढीबारे प्रधानमन्त्रीको स्टाटस: प्रभावित क्षेत्रमा सबै सुरक्षा निकाय परिचालन गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar