Nepal Purbadhar

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक, एरोक्सदेखि आर १५ सम्म


काठमाडौं। यामाहाले नेपाली बजारमा विभिन्न शैली र आवश्यकता भएका राइडरलाई लक्षित गर्दै नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ। भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा यामाहाले एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क र आर १५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो।

यामाहाको नयाँ एरोक्स १५५ एस पर्फर्मेन्स र स्पोर्टी राइडिङ अनुभव खोज्ने राइडरलाई लक्षित गरिएको छ। १५५ सीसी इन्जिन र कि–लेस प्रविधि रहेको यो स्कुटरले दैनिक प्रयोगसँगै स्पोर्टी राइडिङ अनुभव दिने कम्पनीको दाबी छ।

त्यस्तै, स्टाइल र सहज यात्रालाई प्राथमिकता दिने ग्राहकका लागि फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्ट ल्याइएको छ। आकर्षक डिजाइन र हाइब्रिड प्रविधिसहितका यी स्कुटर दैनिक आवागमनलाई लक्षित गरी तयार पारिएका छन्।

यामाहाले आफ्नो लोकप्रिय आर सिरिजअन्तर्गत आर १५ एस र आर १५ एम भेरियन्टलाई पनि नाडा अटो शोमा प्रस्तुत गर्दैछ। नयाँ आर इन्स्टिंक्ट अवधारणामा आधारित यी मोटरसाइकलले स्पोर्टी डिजाइन र पर्फर्मेन्समा जोड दिएको कम्पनीले जनाएको छ।

नयाँ भेरियन्ट सार्वजनिक गर्दै एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली राइडरका फरक–फरक आवश्यकता पूरा गर्ने उद्देश्यले पर्फर्मेन्स, प्रविधि र स्टाइलमा आधारित उत्पादन थपिएको बताए।

एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार यामाहाले नयाँ उत्पादन ल्याउँदै आएको बताए।


Read Previous

रसुवा बाढीपछि उद्धार र राहत तीव्र, दुई हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइयो

Read Next

नाडा अटो शोमा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाखदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar