Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

अस्थायी पुलबाट डोल्पा जान अवरोध


जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ ।

यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन राखिएको ह्युम पाइपबाट नदी तार्न स्थानीय कामदार जग्गा धनीले रोक लगाएका हुन् ।

चौरजहारीस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरेरै नेपालगञ्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलबाट डोल्पा आउने सवारीसाधनका लागि रोक लगाइएको तर रुकुम पश्चिमको गोतामकोट गाउँ जोड्ने बाटो कालोपत्रेका लागि यति विल्ड्रस प्रालिलाई निर्माण भने सामग्री ढुवानी गर्न दिइएको छ ।

रुकुम र जाजरकोटका कामदार र जग्गाधनीले नेपालगञ्ज दाङ, काठमाडौँ र सुर्खेतबाट सीधै आउने मालवाहक गाडीलाई तल्नुबगरस्थित भेरी नदीमा राखिएको ह्युम पाइपद्वारा बनाएको पुल तर्न नदिएको डोल्पाका ढुवानी व्यवसायी खिमबहादुर सिंहले जानकारी दिए। स्थानीय ठेकेदारका मात्र मालवाहक गाडीलाई पुल पार गर्न दिने तर डोल्पा आउने गाडीलाई नदिँदा डोल्पाली उपभोक्ता महँगीको मारमा परेको उनको भनाइ थियो ।

तल्नुबगरका कामदार र जग्गाधनीने मालवाहक गाडीलाई अस्थायी पुल तर्न नदिएपछि डोल्पामा दैनिक उपभोग्य सामान सीधै जान नपाएको गुनासो बढेको छ । नेपालगञ्ज र दाङदेखि सीधै १० रुपैयाँ प्रतिकिलोमा आइपुग्ने सामान अहिले १२ देखि १८ रुपैयाँसम्म सर्वसाधारण तिर्न बाध्य छन् । तल्नुबगरमा स्थानीय कामदारले अवरोध गरेपछि एउटा ट्रकको मात्र सामान लोड–अनलोड गर्नुपर्दा डोल्पाली उपभोक्ताले किन्ने सामानमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य जोडिने अर्का व्यापारीले बताए ।

अहिले नेपालगञ्जबाट सीधै सामान ल्याउँदा तल्नुबगरमा झारेर पुनः पारिपट्टि अर्को गाडीमा हालेर सामान डोल्पा पठाउन पर्ने बाध्यता व्यापारीलाई छ । स्थानीयवासीको अवरोध हटेपछि नेपालगञ्ज, दाङलगायत विभिन्न जिल्लाबाट मालवाहक गाडी डोल्पा पुग्दा छिटो छरितो, मूल्य सस्तो, सकुसल सामान पुग्ने डोल्पाका व्यापारीको भनाइ थियो । सरकारीस्तरको सहयोग र समन्वयमा बनाइएको हिमपाइपको पुलमा सवारीसाधन आवतजावत गर्न स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न नहुने जाजरकोटका प्रमुख जिल्ला अधिकारीले अञ्जन न्यौपाने बताए।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले पनि सार्वजनिक पुलमा अवरोध गर्न नहुनेमा जोड दिए । डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले रुकुम र जाजरकोटका प्रशासकसँग समन्वय गरेर तत्काल सीधा मालवाहक सवारीसाधन आउने वातावरण बनाइने जानकारी दिए ।

ढुवानी सेवा प्रदायक सवारीधनीले सामान बोकेको पैसा नदिँदा पुलमा अवरुद्ध गरिएको स्थानीय कामदारले बताए । पैसा असुलीको माग गर्दै ५३ कामदारले नलगाड नगरपालिका १२ नम्बर वडा कार्यालयमा निवेदनसमेत दिएका थिए ।

नेपालगञ्जदेखि डोल्पा सीधा सामान ढुवानी गर्ने उद्देश्यले हिमपाइप राख्दा आठ लाख रुपैयाँ नपाएको भन्दै रकम असुलीका लागि लागि वडामा हेमन्त विष्टले निवेदन दिएको वडासचिव रामप्रसाद शर्माले जानकारी दिए । पैसा नदिने पक्ष उपस्थित नभएका कारण आज छलफल हुन नसकेको उनको भनाइ थियो ।

स्थानीय कामदार मात्र नभई जग्गाधनीले पनि अवरोध गरेको बताइएको थियो । जग्गाधनीले पनि केही महिनाका लागि मात्र भन्दै व्यक्तिगत जग्गामा बाटो लगेको भन्दै गुनासो गरेका थिए । जग्गाधनीले सवारीसाधन तारेबापत पैसा दिनुपर्ने माग गरेका बताइएको थियो । भेरी नदीमा छिटो पुल निर्माण भएमा यी सबै समस्या समाधान हुने सडक डिभिजन कार्यालयले जनायो । अहिले पुल निर्माणको कामलाई तीव्रता दिइएको छ ।

तल्नुबगर बेलिब्रिज निर्माणको काम तीव्र

भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगर बेलिब्रिज निर्माणको काम तीव्र बनाइएको छ । नेपालगञ्जदेखि सीधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम अघिल्लो वर्ष पूरा गर्नुपर्ने भए पनि अबको एक महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको ठेकेदार बुद्धिबहादर खत्रीले बताए ।

सडक डिभिजनले ठेक्का आह्वान गरेकामा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ४१ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको झन्डै एक वर्षपछि काम सुरु गरेको हो । अघिल्लो वर्ष पुसमा निर्माण कम्पनीसँग सम्झौता भएकामा अहिले काम सुरु गरिएको हो ।

दैनिक १५–२० कामदारसहित पुल निर्माणको काम धमाधम भइरहेकाले फागुनभित्र निर्मार्ण सम्पन्न हुने सडक डिभिजनले जनाएको छ । पुल निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री निर्माणस्थलमा पुगिसकेको, वारिपट्टिको बेस बनिसकेको र पारिपट्टिको भने बन्दै गरेको इन्जिनियर दिलीप यादवले बताए । रुकुम, जाजरकोट र डोल्पाका नागरिकको समस्यालाई मध्यनजर गर्दै निर्माणस्थलमा प्राविधिक नै खटाएर काम सुरु गराएको उनले जानकारी दिए ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज यसअघि नै निर्माण भइसके पनिसँगै ठेक्का खुलाइएको रुपगार्ड खोलाको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन । बोलपत्र आह्वान भएको दुई वर्ष बितिसक्दा पनि रुपगार्ड खोलामा बेलिब्रिज नबनेपछि जिप, ट्रक, मोटरसाइकललगायत सवारीसाधन जोखिम मोलेर जीर्ण काठको पुलमा गुडिरहेका छन् ।

‘रुपगार्डमा दुवैतिर बेस बनेको छ । सामान पनि पुगेको छ तर पुल जोड्ने काम भएको छैन । सवारीसाधन र सर्वसाधारण जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन्,’ मोतीपुरका अमर कठायतले भने । ठेक्का पाएको निर्माण कम्पनीले जतिसक्दो छिटो निर्माण सक्नुपर्ने उनको भनाइ थियो ।

यसअघि बेलिब्रिजका लागि बेस बनाउन लगाइएका स्थानीय कामदारले पैसा नपाएपछि उनीहरूले नै काम अवरुद्ध गरेको पाइएको इन्जिनियर यादवले बताए । काम भएजतिको पैसा निर्माण कम्पनीले लिइसकेकाले कामदारलाई दिन बाँकी पैसा दिएर अन्य काम गर्न ताकेता गरिरहेकोसमेत उनको भनाइ थियो ।

तल्नुबगर र रुपगार्डको बेलिब्रिज पुल निर्माण भएसँगै भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् । यहाँ साना खोलामा समेत गरी अझै आठवटा पुल बन्न बाँकी छ । रासस


Read Previous

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

Read Next

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला गरिने

Leave a Reply

Your email address will not be published.