Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन् ।

शुक्रबार यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताए । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उनको भनाइ छ ।

‘अस्पतालमा नर्सिङ जनशक्तिको अभाव कायमै छ, आवश्यक कर्मचारी दरबन्दीका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेका छौँ,’ उनले भने ।

सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताए । उनले भने, ‘अर्थ र सामान्य प्रशासन मन्त्रालयबाट सहमति ल्याउनका लागि तपाईंहरुको साथ चाहिएको छ ।’

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न र एक हजार शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम भइरहेको जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरमा ‘वाटर भेन्डिङ मेसिन’ (वाटर एटिएम) सुरुआत गरेको छ । वाटर एटिएमबाट एक रुपैयाँमा चिसो र तातो पिउने पानी उपलब्ध हुन्छ ।

कूल ५२ शय्याको आकस्मिक कक्ष सुरु गर्न १५ जना स्टाफ नर्स र १० जना सिनियर मेडिकल अफिसर (एमओ) गरी दरबन्दी ८३ पुर्याउन अस्पतालले मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।

कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा डा. डीएन शाहले हरेक प्रदेशमा एउटा बाल अस्पताल निर्माण गर्नुपर्ने बताए । सन् १९६३ मा ५० शय्याबाट सुरु भएको कान्तिबाल अस्पतालमा अहिले तीन सय ३० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।

अस्पतालले आर्थिक वर्ष २०७८र७९ मा एक लाख १६ हजार चार सय ५३ जनालाई बहिरङ्ग सेवा उपलब्ध गराएको थियो । साथै उक्त अवधिमा अस्पतालबाट ४४ हजार आठ सय ९२ जनाले आकस्मिक सेवा र दुई हजार पाँच सय २६ जनाले सर्जरी सेवा लिएका थिए ।


Read Previous

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

Read Next

अस्थायी पुलबाट डोल्पा जान अवरोध

Leave a Reply

Your email address will not be published.