Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण


सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकस्थित मेलम्ची नगरपालिकाले बढ्दो चाप मध्यनजर गर्दै मेलम्ची बजारको भित्री तथा वैकल्पिक सडक निर्माण तीव्र पारेकाे छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको हाे ।

भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित ५० लाख रुपैयाँ बजेट खर्च गरी भित्री सडक निर्माण भइरहेकाे नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको नगरप्रमुख आइतमान तामाङले बताए । भित्री सडक निर्माण हुँदा बजारको सवारी चाप न्यूनीकरण हुने नगरपालिकाले जनाएकाे छ ।

मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सवारी आवागमनमा समस्या भएपछि सडक विस्तार गरिएकाे नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जीनियर कार्कीले जानकारी दिए । साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत दुई करोड रुपैयाँ विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।


Read Previous

सूचना प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई १४ विधामा अवार्ड

Read Next

कालीगण्डकी नदीकाे कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published.