Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

जगदुल्लाकाे विद्युत बाफिकाेट सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे विस्तृत अध्ययन हुँदै   


जाजरकोट । डोल्पाकाे जगदुल्ला बेसिनमा निर्माण हुने २२८ मेगावाटका २ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक प्रसारण लाइनकाे विस्तृत अध्ययन सुरु गरिने भएकाे छ । आयाेजनाकाे विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणकाे रुकुमपश्चिम स्थित बाफिकाेट सबस्टेसनसम्मकाे प्रसारण लाइनकाे विस्तृत अध्ययन सुरु गर्न लागिएकाे हाे ।

१०६ मेगावाटकाे जगदुल्ला अर्धजलाशय र १२२ मेगावाटकाे जगदुल्ला ‘ए’ आयाेजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइनकाे विस्तृत अध्ययन सुरु हुन लागेकाे प्रवर्द्धक जगदुल्ला जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले बताए । उनका अनुसार प्रसारण लाइनकाे विस्तृत अध्ययन गर्न आयाेजनाकाे कम्पनी र उद्धय जेभीबीच बिहिबार सम्झौता गरिएकाे छ ।

सम्झाैता अनुसार  डोल्पाको इलमा निर्माण हुने आयाेजनाकाे विद्युतगृहबाट उत्पादन भएकाे विद्युत बाफिकाेट सबस्टेसनमा लगेर जाेड्न प्रसारण लाइन निर्माण हुनेछ । उद्धय जेभीसँग सम्झौता भएसँगै प्रसारण लाइनकाे रुटकाे विस्तृत अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच गत वर्ष नै  विद्युत खरिद सम्झाैता (पिपिए) सम्पन्न भइसकेकाे छ । जगदुल्ला स्वदेशी लगानीमा निर्माण गर्ने तय भएकाे आयाेजना प्रमुख सञ्जय सापकोटाले बताए ।

आयोजना निर्माणका लागि आवश्यक जग्गा अघिग्रहण गर्न प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गरिसकेकाे कम्पनीले जनाएकाे छ । आयोजनाकाे संरचना निर्माणकाे काम सुरु गर्न अहिले प्रभारम्भि चरणका कामहरू भइरहेका छन् ।

त्यस्तै,  जगदुल्ला ‘ए’ आयाेजनाकाे वातावरणीय प्रभाव मुल्याङ्कन अध्ययन गर्न बिहीबार नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ । याे जगदुल्ला अर्धजलाशय कै प्रवर्द्धक कम्पनीले निर्माण गर्न लागेकाे दाेस्राे आयोजना हाे ।आयोजना निर्माणस्थलमा जान र आउनका लागि ३ जिल्लाको सङ्गमस्थल भेरी काेरिडोरको त्रिवेणीस्थित भेरी नदीमाथि पुल बनाउन सुरु गरिएको छ ।

त्यस्तै, पहुँच सडक निर्माणलाई समेत तीव्रता दिइएको कम्पनीले जनाएकाे छ । त्रिवेणीबाट विद्युत उत्पादनगृह रहेको इलसम्म जान र आउनका लागि सडक निर्माणसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए । आयोजना निर्माणमा सहयाेग पुग्ने गरी भेरी काेरिडोरको जाजरकोट र रुकुमपश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीको पुल निर्माणकार्य पनि अघि बढेकाे सडक डिभिजन चौरजहारीले जनाएकाे छ ।

याे आयोजनामा  विद्युत उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८ सय कित्ता सेयर स्वामित्त्व रहने गरी लगानी गर्दैछ । हाइड्राे इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले २३ लाख ४३ हजार कित्ता रहने गरी आयोजनामा लगानी गर्दैछ ।

यस्तै, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता, कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार ५ सय कित्ता र स्थानीय तह (जलदुल्ला र मुड्केचुला) ले २३ लाख ४३ हजार कित्ता सेयर स्वामित्त्व रहनेछ । संस्थापक सेयर लगानीकर्ता कम्पनीबाट ६३ करोड ४९ लाख ३  हजार रुपैयाँ भुक्तानी भइसकेकाे कम्पनीले जनाएकाे छ ।

विद्युत उत्पादन कम्पनीकाे सहायक कम्पनी मातहतमा निर्माण हुन लागेकाे जगदुल्लामा अतिविपन्न परिवारलाई २ प्रतिशत सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने कम्पनीले जनाएको छ ।

यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर रहने छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच, एचआडिसिएलकाे चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत संस्थापक सेयर छ ।

चालू आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको छ । अधिकांश ठाउँबाट सेयरवापतको रकम आइसकेको छ । केही ठाउँको मात्र बाँकी छ । विद्युत प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।

मुख्य सुरुङमार्फत नदीकाे पानी जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत पुनः नदीमा छाेडिनेछ ।


Read Previous

बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

Read Next

पर्यटकीय स्थल पाँचपोखरीकाे सफाइ,५ सय किलो फोहर उठ्याे

Leave a Reply

Your email address will not be published.