Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  


कर्णाली । निर्माण पूरा भई सञ्चालनमा आएको मुगुकाे गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने सडक कर्णाली सरकारलाई हस्तान्तरण गरिएकाे छ । बेलायत सरकारकाे सहयाेगमा निर्माण पूरा भएकाे ६७ किलाेमिटर सडक बिहिबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएकाे हाे ।

सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको याे सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण पूरा भएकाे हो । हस्तान्तरण कार्यक्रममा सम्बाेधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए ।

आफूले ७ वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै शाहीले भने “हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगञ्ज पुग्थ्यौंं । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भइ गाडी गुड्ने भएकाे छ ।”

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताए । “बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत ४.५ मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ”, राजदूत पोलिटले भने, “नेपालमा बेलायतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।”

कूल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चङ्खेली हिमालको ३ हजार ३ सय मिटरको अग्लोडाँडा पार गर्छ । सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् ।

बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरुप यो सडक निर्माण भएको राजदूत पोलिटले बताए । उनका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ ।

सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उनकाे दाबी छ । सडक निर्माणको अवधिमा ४ हजार ४ र सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको थियाे ।

श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो । परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो । बेलायत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले ८ लाख रुपैयाँ बराबरको आम्दानी गरेका थिए ।


Read Previous

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

Read Next

जगदुल्लाकाे विद्युत बाफिकाेट सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे विस्तृत अध्ययन हुँदै   

Leave a Reply

Your email address will not be published.