Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै


काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाभित्र रहेका सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउन सम्पदा ‘यात्रा सेवा’ चाडै शुरु गर्ने भएको छ ।

साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधर करिब ३ महिनाभित्र सेवा शुरु गरिनेछ । यस सेवा अन्तर्गत साझा बसले काठमाडौं र ललितप्रका ५ यूनेस्को विश्व सम्पदा क्षेत्र जोड्नेछ ।

यो सेवाले पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्ध, स्वयम्भू मन्दिर बाहेक नारायणहिटी संग्रहालय, राष्ट्रिय संग्रहालय, राष्ट्रिय इतिहास संग्रहालय, ठमेल, कमलपोखरी र दरबारमागको पर्यटन र संस्कृति प्रवद्र्धन गर्नेछ ।

अग्रेजीमा ‘हप–अन–हप–अफ’ नाम दिइएको यस सेवाको सोमबार क्षेत्रगत परिक्षण गरिएको छ । साझा यातायातले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं नगरपालिका र ललितपुर नगरपालिकाको संयुक्त सहकार्यमा ‘सम्पदा यात्रा’ अन्तर्गत हप अन हप अफ बस सेवा परीक्षण सञ्चालन गरेको हो ।

यस सेवा सञ्चालनले पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेछ ।

साझा यातायातका अनुसार अहिले विभिन्न रुटमा ७१ ओटा बस सञ्चालनमा छन् । पछिल्लो पटक सन् २०११ को मध्यदेखि पुनः सेवा शुरु गरेको हो ।

तत्कालिन साझा यातायातको बोर्डले श्रम तथा यातायात मन्त्रालयसँगको समन्वयमा साझा यातायातलाई पुनरुत्थान गर्ने रणनीति बनाएको थियो । त्यसैअनुसार यातायात यातायात सञ्चालनमा ल्याएको हो ।

पहिलो पटक सन् १९६१/१९६२ मा सञ्चालनमा आएको साझा यातायात १९९० को दशकमा सञ्चालन व्यवस्थित नहुँदा सेवा नै बन्द गरिएको थियो ।


Read Previous

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

Read Next

भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

Leave a Reply

Your email address will not be published. Required fields are marked *