Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत    हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन कतारी अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताकाे पहल गर्न आग्रह    स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन ‘हिमालयन हाइड्रो एक्स्पोले तेस्रो लगानी सम्मेलन सफल बनाउन बल पुग्नेछ’ पाेखरामा भूमिगत विद्युत वितरण लाइन निर्माणकाे ठेक्का अवधि सकियो, प्रगति ४० प्रतिशत मात्रै

बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने


काठमाडौं । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको योगदानलाई सम्मान गर्न ‘बेस्ट एयरलाइन्स अवार्ड २०२२’ को घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बेष्ट एयरलाइन्स अवार्ड नेपाल (बान) ले डिसेम्बर १३ मा सम्मानित हुने हवाइ कम्पनीको घोषणा गर्नेछ ।

यो अवार्ड नेपालमा उडान गर्ने स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रदान गरिने छ । १६ विद्यामा यो अवार्ड प्रदान गरिनेछ । त्यसमध्ये तीन विद्यालाई नेपाली वायुसेवा कम्पनीका लागि छुट्याइएको छ ।

यसैगरी ११ विद्यामा भने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, बाँकी दुई विद्यामा भने हवाइ उडान सुरक्षा र यात्रुहरूको सुविधालाई कायम राख्न उत्कृष्ट भुमिका खेलेका कम्पनीहरूका लागि छुट्याइएको छ ।

बानले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो । अवार्डका लागि नेपालबाट उडान भर्ने २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र नौ वटा आन्तरिक वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन् ।

अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघ, सञ्चारमाध्यम, होटल, निजी कम्पनी, गैरआवासीय नेपाली संघ, पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रका शीर्ष पदाधिकारीहरु रहनेछन् ।


Read Previous

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयभन्दा छिटो सम्पन्न

Read Next

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   

Leave a Reply

Your email address will not be published.