Nepal Purbadhar

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने


काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत गाभिने भएका छन् । यी दुवै बैंक १ः१ स्वाप रेसियोमा गाभिने गाभिन लागेका हुन् ।

यी बैंककाे सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियतमा गाभिने सहमति भएकाे हाे । दुवै बैंक गाभिएर एउटै भएपछि बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुने सेयरधनीले एक सय कित्ता नै पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

समान हैसियतमा गाभिन सञ्चालक समितिबाट भएकाे निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराइसकेकाे पनि उनले बताए । यी बैंकबीच समान मर्जरमा जान गत असार २ गते सम्झाैतामा हस्ताक्षर भएकाे थियाे ।

दुवै बैंक गाभिएर एउटा भएपछि बैंककाे कूल चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

Facebook Comments

Read Previous

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

Read Next

चुनाव जित्न सुक्खा बन्दरगाहदेखि सिँचाइ पुर्याउनेसम्म उम्मेद्वारका नारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar