
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्धन गर्न लागेको आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।
आँखुखोला जलविद्युत कम्पनीले आयोजनामा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको छ। अपर आँखुखोला जलविद्युत आयोजना धादिङमा प्रस्तावित ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना हो।


