Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल


झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् ।

बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको ५६७ मिटरको नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको २ वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने २ पुल निर्माण भइरहेका छन् ।

बागलुङ र पर्वत जोड्ने अर्को ५२४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको ३८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको ५६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैले जनाएको छ । उक्त पुल ११ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ ।

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी ३८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को ५२४ मिटर लामो पुल निर्माण सुरु भएको छ ।

बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ, पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ’, लामा झोलुङ्गेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भने, ‘बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल ४ वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल २ वर्षअघि सम्पन्न भइसकेको छ ।’

खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको जानकारी दिए । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल ३ करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको छ ।

१ सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पु¥याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ ।

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।

‘यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ’, वडाध्यक्ष क्षत्रीले भने, ‘एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।’ पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताए । उक्त पुल झन्डै ७ करोड लागतमा निर्माण सुरु गरिएको छ ।

करोडौं लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताए ।

४ वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने २ र म्याग्दी जोड्ने एक पुल २१ करोड रुपैयाँ खर्चमा निर्माण हुनेछन् । (खेमराज गौतम/रासस)


Read Previous

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

Read Next

काठमाडाैंमा कहिले आउँछ मेलम्चीको पानी ?

Leave a Reply

Your email address will not be published.