Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय


दैलेख ।  दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षातकाे समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

पुलकै समस्याका कारण सान्तडामा बनेको १५ शैयाकाे अस्पताल  सञ्चालन कहिलेबाट हुने भन्ने समेत अन्योल छ । १५ शैयाका अस्पताल बनेको करिब चार वर्ष बितिसक्दा पनि खोलामा पुलको समस्याले गर्दा असहज यात्रा गर्नुका साथै अस्पताल सञ्चालन गर्न नसकिएको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए ।

भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने खोलामा पुल नहुँदा वर्षौंदेखि दुःख खेप्दै आएका स्थानीयवासीले मध्यपहाडी राजमार्गको रुम खोलामा बनेको पुलबाट सहज यात्रा गर्ने अपेक्षामा बसेको भए पनि मध्यपहाडी राजमार्गले रुम र मन्घर जोड्ने पुल बनाइदिएपछि मन्धर सान्तडा जोड्ने पुल नहुँदा स्थानीयले झनै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भगवतीमाई गाउँपालिका–४ तुर्सुका बासिन्दा बताउँछन् ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकासम्म छोटो बाटो प्रयोग गर्ने खोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । खोलाका कारण अस्पताल सञ्चालन नभएपछि कतिपय जनताले रोग पालेरै गाउँमा बस्नुपर्ने र कतिपयले जोखिम यात्रामा करिब दुई घण्टा पैदल हिँडेर बेस्तडा बजारमा गाडी भेट्नुपर्ने बाध्यता त्यहाँका बासिन्दाको छ ।

कहिलेकाहीं लामो बाटो हिँड्दै आउँदा गाडी नै छुटेर पुनः घर फर्किनुपर्ने बाध्यता हुने भगवतीमाई गाउँपालिका– ३ का कर्णवीर विकले बताए । तुर्सुदेखि बेस्तडासम्म जाने विद्यार्थी, शिक्षक, दैनिक आश्यकताका सामान किन्न जाने जनता बढी समस्यामा हुने गरेको शिक्षक भरत केसीको भनाइ छ ।

केसी बेस्तडाबाट दैनिक भगवती माध्यमिक विद्यालयमा जानुपर्ने हुन्छ कहिलेकाहीँ खोला कारण विद्यालयमा ढिला पुग्ने गरेकोसमेत बताए ।


Read Previous

प्राधिकरणले थप विद्युत निर्यातको अनुमति नै पाएन

Read Next

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

Leave a Reply

Your email address will not be published.