Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

अमेरिकाद्वारा नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकासको लागि कार्यक्रम सुरु


काठमाडौं/ युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) ले नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकास गर्ने कार्यक्रम सुरु गरेको छ । भविष्यको ऊर्जा नेतृत्वका लागि युएसआईडीले महिलाको नेतृत्व र व्यवस्थान सिप विकासका लागि नौ महिने कार्यक्रम सुरु गरेको हो । पुरुष प्रधान समाज रहेको नेपालको ऊर्जा क्षेत्रमा महिला सहभागिता कमजोर रहेको बेला यसले नेतृत्वगर्ने क्षमता वृद्धिका लागि सहायता गर्नेछ ।

महिलाहरूले ऊर्जा क्षेत्रमा काम गर्दा भोगिरेहको दैनिक समस्या र चुनौतीहरूलाई दृष्टिगत गरी ल्याइएको कार्यक्रमले उनीहरूलाई भविष्यमा चाहिने पहिचान र क्षमता वृद्धिका लागि अहिलेको प्राविधिक खाडल अन्त्य र नेतृत्व सिपको सुधारका कार्य गर्नेछ । कार्यक्रमको नौ महिने अवधिमा नेपालको ऊर्जा क्षेत्रको सान्दर्भिक विषयमा प्राविधिक तालिम तथा नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम गर्ने योजना छ ।

कार्यक्रमको शुभारम्भमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी अध्यक्ष पूर्णकुमारी सुवेदी, ऊर्जा सचिव सुशील चन्द्र तिवारी लगायत सहभागी थिए ।

सचिव तिवारीले कार्यक्रमले ऊर्जाको नीति निर्माणदेखि व्यवस्थापन क्षेत्रमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
युएसएआईडी नेपाल मिसन निर्देशक सेपिदेह किभनशादले विशेष गरी भावी महिला ऊर्जा क्षेत्रका नेताहरूलाई लक्षित गरेर नेपालमा ऊर्जा क्षेत्रलाई अगाडि बढाउन नेपाल सरकारको साझेदारीमा कार्यक्रम सुरु गरिएको र यसले महिला नेतृत्व विकासमा ठूलो सहयोग पुर्याउने बताइन ।


Read Previous

पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

Read Next

बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

Leave a Reply

Your email address will not be published. Required fields are marked *