Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

केही दिनभित्रै १५ सय मेगावाटको नदीप्रवाही आयोजनाको पीपीए खुल्ने


काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १ हजार ५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाही (आरओआर) आयोजनाहरुको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरु संस्था नेपाल (इप्पान) प्रतिनिधी मण्डलसँगको भेटमा उनले आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको जानकारी दिए ।

आइतबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग पीपीएको प्रक्रिया कहिलेबाट अघि बढ्छ भन्ने सम्बन्धमा जानकारी गराउन ऊर्जा उत्पादकले लिखित माग गरेका थिए । भेटमा कार्यकारी निर्देशक उनले आउँदो बोर्ड बैठकले पीपीएको सम्बन्धमा छलफल गरी निर्णय लिने जानकारी दिएको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

अब खुल्ने आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोलिनेछ । कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने प्रावधान राखिने जानकारी समेत कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

भेटमा इप्पानले जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन, २०७९ ले गरेको व्यवस्था अनुसार काम नभएको गुनासो गरेको थियो ।

प्रतिवेदनले विगत साढे ३ वर्षदेखि रोकिएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने व्यवस्था गरे पनि पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेपछि इप्पानले पटकपटक खुला गर्न माग गर्दै आइरहेको छ ।

प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ ।

अहिले पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिक रुपमा जानकारी माग गरे पनि इप्पान नै यस विषयमा प्रष्ट नभएको हुदा जवाफ दिन नसकिरहेको इप्पानले उल्लेख गरको छ ।

यस किसिमको अन्योलतालाई हटाउन र ऊर्जा उद्यमीहरुलाई मानसिक तनाबबाट मुक्त गर्न पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी गराई दिन इप्पानको माग गरिरहेको छ ।

प्राधिकरणमा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिबहरु बलराम खतिवडा, सदस्य उत्तम ब्लोन लामा लगायत उपस्थित थिए ।


Read Previous

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, एयरपोर्ट सिटीको विकास भने त्याग्नुपर्ने

Read Next

कार्यकारी निर्देशक घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान,सिलवाल,अधिकारी, भण्डारी र घोष पनि विभूषित

Leave a Reply

Your email address will not be published.