Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

कार्यकारी निर्देशक घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान,सिलवाल,अधिकारी, भण्डारी र घोष पनि विभूषित


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित भएका छन् । संविधान दिवशको अवसरमा उनलाई ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार आयोजित विशेष कार्यक्रममा घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभुषित गरिन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल पनि सुप्रबल जनसेवाश्री पदकबाट सम्मानि भएका छन् । उनलाई विद्युत वितरणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै, प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी, आर्थिक विश्लेषण विभागका निर्देशक जयराज भण्डारी तथा २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोष पनि सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

राष्ट्रपति भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव द्वय मुकेश पाठक र इन्द्रप्रसाद बस्याललाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरेकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, विद्युत विकास विभागबाट हालै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका सहसचिव सन्दिपकुमार देवले पनि सुप्रबल जनसेवाश्री पाएका छन् ।

जलविद्युत प्रवर्द्धक पनि सम्मानित

जलविद्युत प्रवद्र्धक बटु लामिछाने सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । सिंगटी जलविद्युत आयोजनाका प्रवद्र्धक लामिछानेलाई जलविद्युत उत्पादनमा पुर्याएको कदरस्वरुप सम्मान गरिएको हो ।

यस्तै,व्यवसायी तथा जलविद्युत प्रवद्र्धक भरत पराजुली पनि सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । जलविद्युतमा लगानी गर्ने व्यवसायी चन्द्र ढकाल र कुशकुमार जोशीलाई पनि सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले जनसेवाश्री पदक पाएका छन् ।राष्ट्रपति कार्यालयले संविधान दिवसको अवसर पारेर हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई मानपदवी, अलङ्कार तथा पदकबाट विभूषित गर्दै आएको छ ।


Read Previous

केही दिनभित्रै १५ सय मेगावाटको नदीप्रवाही आयोजनाको पीपीए खुल्ने

Read Next

साढे तीन वर्षपछि नेपाल–भारत संयुक्त जलस्रोत बैठक बस्दै

Leave a Reply

Your email address will not be published.