Nepal Purbadhar

१५ वर्षपछि कमला नदीको पुल सञ्चालनको तयारी, दुई महिनाभित्र गाडी गुडाउने लक्ष्य

Under construction bridge of Kamala River in the border of Siraha and Dhanusha. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary


काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। निर्माणमा देखिएका मुख्य समस्या समाधान गर्दै काम अघि बढाइएपछि अबको दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नदीमा भाँचिएको दशौं नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब-स्ट्रक्चरको ढलानसमेत सकिएको छ। पुलको फाउन्डेसनसहित तीन ओटा पिलर सबलीकरणको काम पूरा भइसकेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ।

अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ। नदीमा पानीको सतह घटेको अवस्थामा आगामी हप्ताभित्र उक्त काम सम्पन्न गर्ने तयारी गरिएको छ।

धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि माटो भरिएको भए पनि वर्षाको पानीले बगाएर क्षति पुर्‍याएको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिरहातर्फ भने पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेको छ। पुलको लोड परीक्षणसमेत पूरा भइसकेको छ।

हुलाकी राजमार्गमा पुल निर्माण सुरु भएको १५ वर्ष पुग्न लाग्दा पनि विभिन्न विवाद र प्राविधिक समस्याका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो। २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो।

२०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि निर्माण कार्य प्रभावित बनेको थियो। निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समेत आयोजना लामो समय अल्झिएको थियो।


Read Previous

नेपालमै बनेको सिप्रदीको ईभी स्कुटर ‘पी२’ सार्वजनिक, मूल्य ३ लाख २९ हजारदेखि

Read Next

दशकपछि छेला औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार खुल्यो, अब निर्माण अघि बढ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar