Nepal Purbadhar

दशैंमा टोयोटा किन्न ७ वर्षसम्म स्थिर ब्याजदरमा ऋण पाईने, दर ५.९९ प्रतिशत मात्रै


काठमाडौं। दशैंलाई लक्षित गर्दै टोयोटा सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरिएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र एनआईसी एसिया बैंक बीच भएको वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन लिन सक्नेछन्।

योजनाअन्तर्गत ऋण सेवा शुल्कमा २५ बेसिस पोइन्टसम्म छुटसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ। उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ।

दशैंलाई लक्षित विशेष वित्तीय योजनाले ग्राहकलाई टोयोटा सवारीसाधन खरिदका लागि वित्तीय पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा सिन्डिकेटका डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसीले हस्ताक्षर गरेका छन्।


Read Previous

निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो, प्रतिमेगावाट मासिक ४ लाख १३ हजार

Read Next

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar