Nepal Purbadhar

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई बिहीबार चेक हस्तान्तरण गरेका हुन्।

खत्रीका अनुसार शिक्षक, कर्मचारी तथा संस्थाका सदस्यबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।

चेक हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

हाम्रो सनसाइन स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षाका साथै दिवा खानाको व्यवस्था गर्दै आएको खत्रीले बताए।

काठमाडौंको बौद्धमा रहेको उक्त विद्यालयमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ।


Read Previous

दशैंमा टोयोटा किन्न ७ वर्षसम्म स्थिर ब्याजदरमा ऋण पाईने, दर ५.९९ प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar