Nepal Purbadhar

इप्पानमा सबैले जित्नका लागि सहमति गरे- उपाध्यक्ष बलराम खतिवडाको अन्तर्वार्ता


काठमाडौं । ऊर्जा उद्यमीहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा लामो समयदेखि जारी नेतृत्वको रस्साकस्सी अन्ततः सहमतिमा टुंगिएको छ। तीव्र चुनावी प्रतिस्पर्धाको सम्भावना रहे पनि संस्थाको एकता र ऊर्जा क्षेत्रको साझा हितलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।

उत्तम लामा समूह र बलराम खतिवडा समूह छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। दुवै पक्षले व्यापक चुनावी तयारी गरिसकेको अवस्थामा शुक्रबार मध्यरातमा सहमति जुटेपछि नेतृत्व चयन सर्वसम्मत भएको हो। यद्यपि, कोषाध्यक्ष पदमा भने निर्वाचन भएको छ।

सहमतिअनुसार उत्तम लामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी बलराम खतिवडा उपाध्यक्षमै रहने सहमति भएको छ।

बलराम खतिवडा पक्षले अघि सारेका प्रमुख एजेन्डाहरू समेटिने सहमति बनेपछि दुवै समूहबीचको दूरी अन्त्य भएको र त्यसपछि खतिवडा समूह उत्तम लामाको नेतृत्व स्वीकार गर्न तयार भएको हो। यससँगै चुनावी प्रतिस्पर्धातर्फ उन्मुख इप्पान अन्तिम समयमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गर्न सफल भएको छ।

इप्पानको निर्वाचन, सहमति प्रक्रिया र नयाँ नेतृत्वबारे उपाध्यक्ष बलराम खतिवडासँग नेपाल पूर्वाधार ले गरेको कुराकानीः


Read Previous

करछलि आशंकामा नियन्त्रणमा रहेका ‘बीवाइडी’ गाडी फुकुवा, ७७५ युनिट गन्तव्यतर्फ पठाइँदै

Read Next

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar