Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाउनुहोसः प्रधानमन्त्री देउवा


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थको आयात र उपभोगलाई घटाउन तथा बिजुलीको उपयोग बढाउन आग्रह गरे । निजी क्षेत्रको बलियो संलग्नताविना मुलुकमा उद्योग व्यवसाय अघि बढ्न नसक्ने उनको भनाई थियो ।

कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको हिस्सा करिब तीन चौथाइभन्दा बढी रहेको बताउँदै उनले बढीरहेको व्यापार घाटा, घट्दो उत्पादन र बेरोजगारी समस्यालाई समाधान गरी मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन उनको आग्रह थियो । तात्कालिक लाभभन्दा दीर्घकालीन रुपमा दिगो हुने गरी अर्थतन्त्रको जग बलियो बनाउन उनले आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद वडुले सरकारले प्रतिष्पर्धी वस्तु उत्पादनको लागि एकद्धार प्रणाली मात्र एकीकृत सेवा प्रवाहलाई विशेष महत्व दिएको बताए । आयात घटाउने र निर्यात बढाउने गरी सरकारले केही उद्योगलाई लिज दिने र हालका उद्योगहरुको उत्पादनलाई पूर्ण रुपमा बनाउनका लागि कोशिस गरिरहेको बताउँदै यसका लागि लिजको अवधि ३० बर्षबाट ५० बर्ष पुर्याएको बताए ।

साधारण सभामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले जोखिम व्यहोरेर आफ्नो मेहेनतबाट पूँजीको सिर्जना गरेको बताउँदै निजी क्षेत्र र नाफा प्रतिको दृष्टिकोण फेर्न आवश्यक रहेको बताए । कसैले गलत गरेको छ भने उसैलाई मात्र गलत भन्नु पर्ने र समग्र निजी क्षेत्रलाई हतोत्साहित गर्न नहुने बताउँदै उनले समृद्धिको सारथी निजी क्षेत्रको विकासका लागि पनि अनुकूल वातावरण आवश्यक रहेको बताए ।

परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको जानकारी दिँदै उनले वृद्धिका लागि पूर्वाधार भन्ने नाराका साथ आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । कोभिडको असरबाट विस्तारै बाहिर आउन लागिरहेको बेलामा लगानी योग्य रकमको अभावले उद्योगी व्यवसायीलाई पिरोलेको र बजारमा माग घटिरहेको उनको भनाई थियो ।

शर्मा र उत्कृष्ट निर्यातकर्तालाई सम्मान
साधारण सभामा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित गरिएको थियो भने परिसंघले निर्यात प्रबद्र्धनमा योगदान पुर्याए बापत गणपति बनस्पती र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरिएको थियो ।

त्यस्तै परिसंघको राष्ट्रिय परिषद् सदस्य छायाँ शर्मा, परिसंघको राजश्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको थियो ।

परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले व्यक्त गरेको भनाइः CNI 19th AGM__President’s Speech

 

 


Read Previous

विराटनगर-वथनाह मालबाहक रेल सञ्चालनमा ल्याउने तयारी

Read Next

‘उदयपुरले दैनिक ६ हजार मेट्रिकटन क्षमताकाे नयाँ उद्याेग स्थापना गर्न काम गरिरहेकाे छ ’

Leave a Reply

Your email address will not be published.