Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

सार्वजनिक निजी साझेदारीसम्बन्धी विज्ञताको लाभ लिन नेपाल इच्छुक: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग पीपीपी (सार्वजनिक निजी साझेदारी) सम्बन्धी विश्व संगठनका प्रतिनिधीले भेट गरेका छन् । पीपीपीसम्बन्धी विश्व संगठनका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको भेट गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताए । उनले पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन संगठनमा रहेको विज्ञताको लाभ लिन इच्छुक रहेको बताए ।

उनले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गरे । लगानी बोर्डको कार्यालय पीपीपी (सार्वजनिक निजी साझेदारी) सम्बन्धी विश्व संगठन सदस्य हो । यसकारण पनि सहयोग गर्न सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

भ्रमण दलका प्रतिनिधीले प्रधानमन्त्रीसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत् पूर्वाधार तथा अन्य व्यवसायिक सम्भाव्यता भएका परियोजनाहरू कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने उल्लेख गरे । यसले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार हुने उल्लेख गरे ।

पीपीपी तथा लगानी सम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत् नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गरे । प्रतिनिधिमण्डलले नेपालले पीपीपी अन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो ।

पीपीपी आकर्षक भएपनि आफैंमा जटिल विषय भएको र यसका विविध पक्ष ( वित्तीय, कानुनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्य) लगायतको कुशल तादम्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने उल्लेख गरे । पीपीपीका क्षेत्रमा काम गर्ने संस्थाको सोही अनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो ।

भेटका अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यवसायिक क्षमता विकासमा संगठनका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

भट्टले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पीपीपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको बताए । बोर्डको रणनीतिक योजना अनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराए ।


Read Previous

६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने

Read Next

अन्तरदेशीय विद्युत व्यापारको लागि अल्पकालीन होइन, दीर्घकालीन बजार आवश्यक

Leave a Reply

Your email address will not be published.