Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

अन्तरदेशीय विद्युत व्यापारको लागि अल्पकालीन होइन, दीर्घकालीन बजार आवश्यक


काठमाडौं । अन्तरदेशीय विद्युत व्यापार गर्दा नेपालले अहिलेको अल्पकालीन नभइ दीर्घकालीन बजारमा विद्युत विक्री गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने एक अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

अहिले नेपालले अल्पकालको लागि भारतको इण्डियन इनर्जी एक्सचेञ्जमा ३६५ मेगावाट विद्युत विक्री गर्नको लागि स्वीकृत पाएको छ । आगामी दिनमा यो परिमाणलाई वृद्धि गर्नको लागि अल्पकालिन बजार सुरक्षित र भरपर्दो नहुने प्रतिवेदनको निष्कर्ष छ ।

नेपाल इनर्जी फाउण्डेशनले तयार गरेको ‘नेपाल स्पेसिफिक मोडेल अफ क्रस–बोर्डर इलेक्ट्रिसिटी ट्रेड’ अध्ययन प्रतिवेदनमा नेपालले आन्तरिक, बाह्य र दुई देशबीच विद्युत् व्यापार गर्दा चाल्नुपर्ने कदमको बारेमा उल्लेख छ । ‘विशेषगरी अन्तरदेशीय विद्युत् व्यापारको मोडेल के हुन सक्छ भन्नेमा केन्द्रित छ’ फाउण्डेशनका उपाध्यक्ष तथा अध्ययन प्रतिवेदनका प्रमुख शेरसिंह भाटले भने ।

अहिलेको अल्पकालीन डे अहेड बजारमा नेपालको विद्युत विक्री गर्ने प्रणाली उपयुक्त नभएको प्रतिवेदनले उल्लेख गरेको छ । डे अहेड बजार भन्नाले भोली प्रयोग हुने विद्युत आज खरिद गर्ने वा एक दिनअघि खरिद गर्ने प्रणाली हो । ‘थोरै समयावधीको लागि यो मोडेल सुहाउदो भए पनि दीर्घकालीन ठूलो परिमाणमा विद्युत विक्री गर्नको लागि उपयुक्त होइन’ उनले भने ।

देशमा विद्युत उत्पादन वृद्धि हुँदै जाँदा आन्तरिक खपत भइ बचेको विद्युत विक्री गर्नुपर्ने हुन्छ । त्यस्तो, अवस्थामा केही सय मेगावाट नभइ हजारौ मेगावाट निर्यात गर्नुपर्ने अवस्था आउँछ । ‘यसको लागि पनि भारतसँग दीर्घकालीन विद्युत विक्रीका सम्झौता गर्नुपर्छ’ उनले भने ।

आउदा दिनमा नेपालमा उत्पादन हुने विद्युत दुई देशका सरकारबीच होस, वा सरकार र निजी क्षेत्रबीच वा अन्य ढाँचामा होस् । आवश्यक नीतिगत व्यवस्था परिवर्तन गरेर भए पनि चाडै नेपालका विद्युत उत्पादकले सिधै भारतका कम्पनीलाई विक्री गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा भाटले जोड दिए । ‘यो प्रक्रिया चाडै थालनी गर्नुपर्छ’ उनले भने ।

विद्युत उत्पादनलाई गति दिन पनि दीर्घकालीन बजार

अन्तरदेशीय विद्युत् व्यापारको लागि तत्काल भारतबाहेक अन्य मूलकसँग सम्भावना देखिदैन । भविष्यमा बंगलादेश र अन्य मुलुकसँग पनि व्यापार गर्न सकिने सम्भावना त छ । तर, अहिले एक मात्र विकल्प भारत बनेको छ । यस्तो अवस्थामा जलविद्युत्मा लगानी गरिरहेका प्रवद्र्धकलाई उत्पादित विद्युतको बजार छ भनेर आश्वस्त बनाउन पनि दीर्घकालीन स्वीकृति र सम्झौतामा प्रतिवेदनले जोड दिएको छ । दीर्घकालीन सम्झौता गरेको खण्डमा अहिले उत्पादन भएको विद्युत विक्री नभए के होला ? भन्ने त्रासको पनि अन्त्य हुनेछ ।

यसको लागि भारतको केन्द्र सरकारसँग मात्र नभइ राज्य सरकारसँग पनि दीर्घकालीन सम्झौता गर्दा उपयुक्त हुनेछ । यसको साथै नेपाल विद्युत प्राधिकरणलाई विद्युत खरिद सम्झौता (पीपीए) गर्न वा प्रवद्र्धकले आयोजनालाई गति दिनलाई सहज हुनेछ । यसको साथै नेपालले क्षेत्रीय वा उपक्षेत्रीय बहुपक्षिय विद्युत व्यापार सम्झौता गरेर पनि अन्तरदेशीय विद्युत व्यापारलाई वृद्धि गर्न सक्नेछ । यसको लागि नयाँ पहल थाल्न जरुरी छ ।

अन्दरदेशीय विद्युत् व्यापारको लागि अपनाउनु पर्ने ‘मोडेल’ बारे छलफल

नेपालले अन्दरदेशीय विद्युत् व्यापारको लागि अपनाउनु पर्ने ‘मोडेल’ कस्तो हुनुपर्ने भन्ने विषयमा विज्ञहरुबीच विहीबारदेखि काठमाडौमा छलफल शुरु भएको छ । युएसएआइडीको साइथ एशियन रिजनल इनिसिएटिभ फर इनर्जी इण्टिग्रेशन, इण्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेभलप्मेण्ट र नेपाल इनर्जी फाउण्डेशन आयोजना गरेको छलफल शुक्रबार सकिनेछ । छलफलमा अन्तरदेशीय विद्युत प्यापारका विविध पक्षमा छलफल भइरहेको छ ।

विहीबार उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुरेन्द्र लाभ कर्णले विद्युतको आन्तरिक खपतलाई जोड दिदै बढी भएको विद्युत विक्रीको लागि पनि बजार खोज्नुपर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव शुसिलचन्द तिवारीले जलविद्युत क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको बताए । ‘सरकारले देशभित्र खपत बढाउने र त्यसपछि पनि बढी भएको विद्युत मात्र निर्यात गर्ने विषयलाई महत्व दिएको छ’ उनले भने । पछिल्लो समय भारत र बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । त्यस्तै, उर्जा मिश्रणको विषयलाई ध्यान दिइरहेकोमा जोड दिए ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेश घिमिरेले अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युतमा सहकार्य गर्ने विषय महत्वपूर्ण रहेको बताए । यसको साथै विद्युतलाई सरकार सरकारबीच मात्र होइन, सरकार र निजी क्षेत्रबीच पनि सहकार्य र समन्वय आवश्यक छ । यसको साथै पूर्वाधार निर्माणमा लगानी नगर्ने हो भने चाडै नै ऊर्जा क्षेत्र नै समस्यामा पर्ने उल्लेख गरे ।

युएसएआइडी नेपालकी डेपुटी मिसन डाइरेक्टर बेथ होगनले नेपालको दीर्घकालीन ऊर्जा क्षेत्रको विकासको लागि सधै सहयोग गर्ने बताइन । ‘विशेषगरी अत्याधुनिक ऊर्जा प्रणालीको विकासमा सहयोग गर्ने विषयलाई प्राथमिकतामा रहेको छ’ उनले भनिन् । उनले भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युत् विकासलाई ठूलो आर्थिक विकासमा सहयोग पुग्नेमा जोड दिइन् । ऊर्जा क्षेत्रको दीर्घकालीन र संस्थागत विकासको लागि अमेरिकाले सहयोग गरिरहने होगनको भनाइ छ ।

भारतीय उद्योग, ऊर्जा सुरक्षा परिसंघका प्रमुख तथा निर्देशक भुपेन्द्र बहादुर सिंहले नेपाल भारतबीच विद्युत व्यापार थालनी भए पनि अझै भारतीय विद्युतको आयात धेरै रहेको बताए । दक्षिण एशियालाई नै हुने गरी एकिकृत प्रसारणलाइन को आवश्यकतामा उनले जोड दिए । ‘यसले यो क्षेत्रलाई नै सहयोग पुग्ने र अब बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) को सन्दर्भमा सोचेर अघि बढ्नुपर्छ’ उनले भने ।

सारी (साइथ एशियन रिजनल इनिसिएटिभ) का आयोजना निर्देशक पंकज बत्राले सार्कको उपक्षेत्रीय बीबीआइएनमा पर्ने देशहरुबीच समन्वय र सहकार्यले ठूलो महत्व राख्ने उल्लेख गरे ।

नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले पछिल्लो २० वर्षमा विद्युत् व्यापारको क्षेत्रमा धेरै परिवर्तन आएको बताए । नियमन निकाय, र कानूनी पूर्वाधार तयार भइरहेको छ । त्यति मात्र होइन, ऊर्जा सार्क क्षेत्रीय फ्रेमवर्कसमेत स्वीकृत भइसकेको छ । ‘पूर्वाधार तयार हुन थालेको छ’ उनले भने ।


Read Previous

सार्वजनिक निजी साझेदारीसम्बन्धी विज्ञताको लाभ लिन नेपाल इच्छुक: प्रधानमन्त्री

Read Next

हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

Leave a Reply

Your email address will not be published.