Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने


काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकाको हात्तीमुडामा ६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु भएको छ । जी-आई सोलार कम्पनीले यो सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरेको हो ।

आयोजना स्थलमा गत असारबाट काम सुरु गरिएको प्रवर्द्धक कम्पनीका कार्यकारी निर्देशक गणेश ढुंगानाले बताए । उनले अहिले सौर्य विद्युत आयोजनाको संरचना तयार गर्नका लागि प्रारम्भिक चरणका कामहरू भइरहेको बताए ।

‘हामीले अघिल्लो महिनाबाट सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेका हौं,’ उनले भने, ‘अहिले जग खन्ने, प्यानल राख्ने ठाउँ तयार गर्ने लगायतका कामहरू भइरहेका छन् । करिब २० प्रतिशत काम भइसकेकाे छ । उपकरणहरू आयोजना स्थलमा आए लगत्तै जडान सुरु गर्ने छौं ।’ उनले यो सौर्य विद्युत आयोजनाको निर्माण अबको ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

दशैं र तिहारको बीचको समयमा सौर्य विद्युत आयोजना सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिने उनको भनाइ छ । यो सौर्य विद्युत आयोजना निर्माणका लागि प्रतिमेगावाट १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

पहिले प्रतिमेगावाट ८ देखि साढे ८ करोड रुपैयाँ लागत लाग्ने भए पनि अहिले उपकरण महंगो हुँदा प्रतिमेगावाट लागत बढेर १० करोड रुपैयाँसम्म पुग्ने देखिएकाे उनले बताए । आयोजनामा कूल लागतको ७० प्रतिशत बैंकको ऋण लगानी छ । याे सौर्य विद्युत आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एकल लगानी छ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत ५ किलोमिटर टाढाको दुहबी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म प्रवर्द्धक कम्पनीले नै प्रसारण लाइन निर्माण गरी आयोजनाको विद्युत दुहबी सबस्टेसनसम्म पुर्याउने छ । प्रदेश–१ मा व्यवसायिक विद्युत उत्पादन गर्ने गरी निर्माण भइरहेको यो पहिलो सौर्य विद्युत आयोजना हो ।

सौर्य विद्युत आयोजनाको संरचना निर्माणका लागि १४ बिघा क्षेत्रफल आवश्यक पर्नेछ । प्रवर्द्धक कम्पनीले आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । यो आयोजना सम्पन्न हुँदा वार्षिक १.३१७ करोड युनिट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणसँग प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको सौर्य विद्युत आयोजनाले वार्षिक ९ कराड ६१ लाख रुपैयाँ आम्दानी गर्नेछ ।

यो सौर्य विद्युत आयोजनाको काम कुशाल प्रोजेक्ट्स नेपाल कम्पनीले गरिरहेको छ । कुशाल प्रोजेक्ट्स नेपालले इन्जिनियरि, खरिद तथा निर्माण (इपिसी) गर्ने गरी आयोजनाको ठेक्का पाएको छ । यो कुशाल प्रोजेक्ट्सले नेपालमा काम गरिरहेको पाँचौं सौर्य विद्युत आयोजना हो ।

यो सौर्य विद्युत आयोजना स्वच्छ नवीकरणीय ऊर्जा उत्पादनका लागि मात्र नभई कृषिका लागि पनि महत्त्वपूर्ण हुने गरी संरचना राखिने भएको छ । तलको भूमिमा कृषिजन्य उपज लगाउनका लागि सोलार प्यानललाई केही उचाईमा राखिने भएको हाे । कृषिलाई पनि ध्यानमा राखेर निर्माण भइरहेको सम्भवतः यो पहिलो सौर्य विद्युत आयोजना भएको कुशाल प्रोजेक्ट्सको दाबी छ ।

कुशाल प्रोजेक्ट्सले यसअघि १० मेगावाटकाे साैर्य विद्युत आयोजना पनि ६ महिनामा सम्पन्न गरेकाे थियाे । याे बाहेक अपि पावर कम्पनीकाे लगानीका ३ साैर्य विद्युत आयोजना इपिसी माेडलमा सम्पन्न गरी प्रवर्द्धकलाई हस्तान्तरण गरिसकेकाे छ ।


Read Previous

निगमको मासिक घाटा ४ अर्ब ३२ करोड, आइओसीको बक्यौता तिर्न ऋण

Read Next

सार्वजनिक निजी साझेदारीसम्बन्धी विज्ञताको लाभ लिन नेपाल इच्छुक: प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *