Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

सिद्धबाबा सुरुङ मार्गको निर्माण फागुनदेखि, ठेकेदारले डिजाइनको काम थाल्याे


काठमाडौं । पाल्पा र रुपन्देहीलाई जोड्ने सिद्धबाबा सुरुङ मार्ग आगामी फागुनदेखि निर्माणमा जाने भएको छ । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा वर्षेनी खस्ने पहिरोको समस्याको सधैंका लागि अन्त्य गर्न आवश्यक ठानिएको यो सुरुङ मार्ग अबको ८ महिनापछि निर्माणमा लैजान लागिएको हो ।

यो सुरुङ मार्ग निर्माण गर्न चीनको चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशनलाई ठेक्का दिइएको छ । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले आगामी पुस भित्र सुरुङ मार्गको विस्तृत डिजाइन तयार गरी सडक विभागलाई बुझाउनु पर्ने तालिका छ ।

सुरुङ मार्गको काम अघि बढाउन भौर्गर्भिक अध्ययन गरी डिजाइन तयार गर्न ठेकेदारले काम सुरु गरेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए । उनका अनुसार अहिले सुरुङ मार्गको जिओ टेक्निकल म्यापिङको काम भइरहेको छ ।

ठेकेदार कम्पनीले डिजाइन तयार गर्न ६ महिनाको समय सीमा पाएको छ । ‘चिनियाँ कम्पनीले सुरुङ मार्गको जिओ टेक्निकल अध्ययन गरेर पुस मसान्तभित्र डिजाइन तयार पार्नुपर्ने समय पाएको छ,’ उनले भने, ‘उसले बढीमा अबको ६ महिनाभित्रमा डिजाइन तयार पारिसक्नु पर्छ । त्यसपछि मात्रै सुरुङ मार्ग खन्न सुरु गर्न सकिनेछ ।’

उनले सम्भव भएसम्म फागुन १ गतेबाटै सुरुङ मार्ग खन्न सुरु गर्ने योजना अनुसार काम भइरहेको बताए । ठेकेदार कम्पनीले बुझाएउने डिजाइनको पूर्ण अध्ययन गरेपछि मात्रै सुरुङ मार्ग खन्न अनुमति दिइने पनि उनले बताए । डिजाइन अध्ययन गर्न करिब २ महिनाको समय लाग्नेछ ।

सुरुङ मार्ग निर्माण गर्दा सिद्धबाबा मन्दिर वरपर पर्न सक्ने प्रभाव तथा घर टहरा र भत्काउनु पर्ने भौतिक संरचनाका सम्बन्धमा पनि अध्ययन भरहेको केन्द्रले जानकारी दिएको छ । सरकारले सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आगामी आर्थिक वर्ष (२०७९/८०) को बजेटमार्फत वार्षिक कार्यक्रमका लागि ७४ करोड ६५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

यो सुरुङ मार्ग निर्माण सुरु गरेको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिरको उत्तरतर्फ पर्ने चिडियाखोला नजिकैबाट सुरुङ मार्गको थालनी हुनेछ । अर्कोतर्फ दोभानमा पुगेर सुरुङ मार्ग टुंगिनेछ ।

२०७८ फागुन १ गते यो सुरुङ मार्ग निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनीसँग ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राविधिक छनोटमा ४ कम्पनी परेकोमा चाइना स्टेटले सबैभन्दा कम दर कबोल गरेपछि छनोटमा परेको थियो ।

बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा हिउँद र बर्खा गरी दुवै याममा पहिरोको उच्च जोखिम छ । निरन्तर गइरहने पहिरोका कारण यो सडक खण्ड भएर यात्रा गर्ने कयौं यात्रुको ज्यान समेत जाने गरेको छ । पहिरोमा परेर अहिलेसम्ममा ४ सय ५० जनाको मृत्यु भइसकेको छ ।

यो खण्डमा सुरुङमार्ग निर्माण गर्न पहिलो पटक २०७७ साल मंसिर १ गते बसेको मन्त्रीपरिषद बैठकले १० अर्ब १७ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । यो खण्डमा सुरुङ मार्ग निर्माण हुँदा यात्राका क्रममा हुने जोखिम र त्रासको अन्त्य हुने केन्द्रले जनाएको छ ।


Read Previous

मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो

Read Next

शनिबार धुलिखेलमा कार्ट्समान्डु हुने

Leave a Reply

Your email address will not be published.