Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

शनिबार धुलिखेलमा कार्ट्समान्डु हुने


काठमाडौं । आगामी ३२ असार शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डका कार्ट्स रेस प्रतियोगिता ‘कार्ट्समान्डु’ हुने भएको छ । सिलालम सिस्टमबाट हुने प्रतियोगितामा कार्ट्सको तालिमप्राप्त नेसनल ड्राइभरहरु सहभागी हुनेछन् ।

नासा नेपालको आयोजनामा हुने प्रतियोगितामा कलेज टु ट्र्याकबाट छानिएका र अन्य तालिम प्राप्त गरी करिव दुई दर्जन सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिता विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने नासा नेपालले जनाएको छ ।

एफआईए एसिया प्यासिफिकको कार्टिङ सिलालमको विधि अनुसार खेलाइने सो प्रतियोगिताको सुरुवातमै प्रतियोगीहरुलाई ओरिएन्टेसन गरिने छ । प्रतियोगितामा तालिम प्राप्त मार्सलहरुले मार्सलिङ गरिने नासा महासचिव सुशील तण्डुकारले बताए ।

अहिले यसका लागि ५ कार्ट्स उपलब्ध छन् । पेट्रोल इन्जिनबाट चल्ने होन्डा जीएक्स २०० सीसीयुक्त यी कार्ट्स फ्रेम ३२ एमएम स्पेसल स्टिल अलोयले बनेको छ । डिस्क ब्रेकयुक्त वेट क्लचयुक्त कार्ट्स सिंगल सिटर छ । यसले गर्दा एक एक जनाको प्रतिस्पर्धा आयोजना गरिने छ ।

कार्ट्स रेसिङ मोटर स्पोर्ट्सको प्रारम्भिक विधा हो । पहिले १६ वर्ष भन्दा कम उमेरका लागि मात्र कार्ट्स रेसिङ उपलब्ध भएकोमा अहिले भने सबै उमेर समूहले खेल्न मिल्ने नियम छ । विश्वभर थुप्रै एमेच्योर इभेन्ट आयोजना हुने र स्पोर्ट्समा लोकप्रिय बन्दै गएको यो एक विधा हो ।

सहरबाट नजिक हुने, थोरै लगानी गरे पुग्ने, थोरै समय दिए हुने र सुरक्षित पनि भएकाले केही फरक गरौ भन्ने धारणा भएका युवाहरुका लागि यो खेल निकै रोचक हुने गरेको छ ।

एड्भेन्चर र थ्रिलिङ मन पराउनेहरुले मोटर ड्राइभिङ तथा बाइक राइडिङ र रेसिङलाई समेत सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्ट्स रेसिर्ङ गर्छन् । यो खेल्ने र हेर्ने दुवैका लागि रोमान्चक खेल हो ।


Read Previous

सिद्धबाबा सुरुङ मार्गको निर्माण फागुनदेखि, ठेकेदारले डिजाइनको काम थाल्याे

Read Next

जलविद्युत लगानी कम्पनीलाई नोडल एजेन्सीको रुपमा अघि बढाइने

Leave a Reply

Your email address will not be published.