Nepal Purbadhar

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल निर्माण सम्पन्न गरेर ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसके पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको छ।

अस्पताल सञ्चालनमा नआउँदा स्थानीयबासी उपचारका लागि बनेपा नै पुग्नुपर्ने बाध्यता छ ।

स्थानीय केशवबहादुर बस्नेत भन्छन्- भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएको छैन। सुरक्षा गार्डसम्म राखिएको छैन। सीसीटिभी जडान भएको छ तर चलाइएको छैन। झ्यालका सिसाहरु फुटेका छन्। पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ। हामीले भन्दा पनि सुन्दैनन्। अस्पताल सञ्चालनमा आए उपचारका लागि बनेपा पुग्नु पर्दैन। हस्पिटल आउने बाटो पिच गर्ने बजेट बाढी पीडितलाई बाँडिएको छ।

बेथानचोक गाउँपालिका-२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावमा अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए। आवश्यक सामग्री र जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग गरिएको पनि उनले बताए। उनले भने- ९ करोडमा ठेक्का लगाइएको थियो। बनाउनुपर्ने बनाइएको छ, ठेकेदारलाई कुनै दोष छैन। नपुगेका संरचना बनाउने, व्यवस्थापन गर्ने काम पालिकाको हो। तर बजेट अभावमा अरु काम हुन सकेको छैन। अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र जनशक्तिको माग स्वास्थ्य मन्त्रालयमा गरेका छौं। केही व्यवस्थापन गर्न सकिन्थ्यो तर बाढीपहिरोले गर्दा बजेट पुगेन । अब कम्तीमा संरक्षण गर्छौं।

तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी


Read Previous

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

Read Next

मौलिक बारपाकबाट कङ्क्रिट बस्तीमा रूपान्तरण : विकाससँगै हराउँदै पहिचान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar