
काठमाडौ । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो।

खुद्रा बजारमा एक दर्जन केराको भाउ ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक
पसल बन्द नै भएका छन्।

फलफूल व्यवसायी दिलिप राउतले भने- स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौं। खर्च धान्नै गाह्रो भएको छ। भारतबाट केरा आउनैपर्छ।
तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी



