Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

व्यवसायको पहुँच बढाउन इकमर्श साईट एमएसएमईडटकम सञ्चालनमा


काठमाडौं । “खोजौं नेपाली, रोजौं नेपाली” भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट एमएसएमई डट कमको बिहीबारबाट सञ्चालनमा आएको छ ।

लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा अघि सारेको महासंघले जनाएको छ ।

इकमर्श साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ । इकमर्श साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ ।

राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताए ।

लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट महत्वपूर्ण रहेको बताउँदै उनले यसमार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेशन अफ एक्स्पोर्ट एसोसियसन नेपालका अध्यक्ष पवन कुमार गोल्यानलगायतले सञ्चालित इकमर्श साइटको व्यवसायमा सहयोग पुग्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए ।

महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रर्दशनी र इकमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै यसले उत्पादनहरुको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए ।


Read Previous

जलविद्युतको लाइसेन्स, उत्पादन र वित्तिय व्यवस्थापनको म्याद एक बर्ष थप, इपानको स्वागत

Read Next

निगमको महाप्रबन्धकमा ज्वारचन

Leave a Reply

Your email address will not be published.