Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न अब ४७ प्रतिशत बाँकी


काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सम्पन्न भएको छ । अब सुरुङको मात्र काम सम्पन्न गर्न ४७ प्रतिशत काम बाँकी रहेको आयोजनाका आयोजना निर्देशक नरेशमान शाक्यले जानकारी दिए ।

आयोजनाका अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३७ प्रतिशत पुगेको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्व जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । २८ कात्तिक २०७६ देखि औपचारिक निर्माण थालिएको सुरुङको मोबिलाइजेसन पेस्कीसमेत गरेर समग्र आयोजनाको वित्तीय भने साढे ४५ प्रतिशत पुगेको छ ।

कुल कामदार संख्या ५ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना १३ बैशाख २०८० मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । तर, म्याद थपसँगै तोकिएको समयमा आयोजना सम्पन्न हुनेछैन ।

निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । ‘त्यसमध्ये २६ जेठसम्म २ हजार ९ सय १ मिटर खनिसकिएको छ ।

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ सय २८३ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ४४४ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ५३० र धादिङतर्फ १ हजार ३७१ मिटर खनिएको छ’ आयोजना प्रमुख शाक्यले भने ।

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।

कुन संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निर्माण सकिसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ । सँगै फाउण्डेशन निर्माणको काम समेत भइरहेको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा १० वटा पूरा भइसकेका छन् ।

आयोजना बनेपछि हुने लाभ

यो आयोजनाले आर्थिक रुपमा पु¥याउने फाइदा भनेको नागढुंगा पार गर्नको लागि समय घटाउनेछ । यसले यात्रामा ढिलाइले हुने लागत घटाउनेछ । सवारी साधनको सञ्चालन खर्चमा उत्तिकै कमी ल्याउनेछ । अहिले सडकको खराव अवस्थाको कारण हुने दुर्घटनालाई कमी ल्याउने आयोजना प्रमूख शाक्यको भनाइ छ ।
यस्तै, यो आयोजना जापानको सहुलियत ऋण सहयोग र उसैको प्रविधिमा आधारित भएर निर्माण भइरहेको छ । अहिले नेपाली इञ्जिनियर पनि यो आयोजनामा सहभागी छन । यसले अत्याधुनिक जापानी प्रविधि नेपाल भित्राउन सहयोग पुग्नेछ । त्यससम्बन्धी ज्ञान र अनुभव नेपालको स्थानीय परामर्शदाता, निर्माण कम्पनी, कामदार र सडक विभागलाई हुनेछ ।

अर्को सुरुङ निर्माणको लागि सहयोग पुग्नेछ । यसको साथै सुरुङ निर्माणको लागि आवश्यक डिजाइनको ज्ञान वृद्धि गर्न सहयोग पुगेको छ । नेपालमा सुरुङ निर्माणको प्राविधिक मापदण्ड निर्धारण गर्न सहज हुने अपेक्षा छ ।

सामाजिक र वातावरणीय फाइदा पनि छ । आयोजनाले रोजगारी सिर्जना भएको छ । आयोजनाले निर्माण गर्ने सर्भिस सेन्टरमा तोकिएको व्यवसाय गर्न सकिनेछ । यसले वायु प्रदुषण घटाउन सहयोग पुर्याउनेछ ।


Read Previous

घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

Read Next

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

Leave a Reply

Your email address will not be published.