Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

सीजी मोटर्सले गर्यो ‘निटा भी’ विद्युतीय कार सार्वजनिक


काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । यससँगै वातावरणमैत्री विद्युतीय सवारीको बिक्री वितरण शुरु गरेर चौधरी समूह अटोमोवाइल व्यवसायमा प्रवेश गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएका छन् । तर निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले ‘सीजी रिभोलुसन’ को नारासहित न्यू इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीति रहेको छ । नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको हो ।

सीजी मोटर्सले विश्व वातावरण दिवसको अवसर पारेर वातावरणमैत्री विद्युतीय सवारी निटा भी सार्वजनिक गरेको हो । चीनमा होजोनले निटा ब्रान्डका कार उत्पादन गर्दै आएको छ । सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा निटा भी कार ल्याएको हो । होजोनले २०२० मा निटा भी सार्वजनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो । सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्र्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ ।

सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए । ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ सिईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरि हामीले काम गर्दैछौं ।’ डिजेल÷पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाईएको उनको भनाइ छ ।

सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ ।

निटा भीको विशेषता
लेन्थ– ४ हजार ७० एमएम
वाइड– १६ सय ९० एमएम
हाइट– १५ सय ४० एमएम
ह्वीलवेस– २४ सय २० एमएम
कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम
अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा
शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा
ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम
ब्याट्री– ३८.५ केडब्लूएच सीएटीएल लिथियम
मोटरको पावर– ७० केडब्लू र ९० पीएस
चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२
अधिकतम टर्क– १ सय ६० एनएम
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
सिट क्षमता– ५
बुट स्पेस– ३ सय ३५ लिटर

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।


Read Previous

एनएमबि बैंक र विन्ड पावरबीच प्रविधिमा आधारित कृषिमा कर्जा लगानी गर्न समझदारी

Read Next

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता

Leave a Reply

Your email address will not be published.