Nepal Purbadhar

भोटेकोशी बाढीपीडितको पुनर्स्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

Trisuli flood, Bridge


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विकल्पविहीन परिवारको पुनर्स्थापनाका लागि ३ हजार २७९ रोपनीभन्दा बढी जग्गा पहिचान गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको समितिले तीन जिल्लामा २७७ कित्ता जग्गा पहिचान गरी प्रतिवेदन पेस गरेको हो। जसअनुसार नुवाकोटमा २ हजार ६६५ रोपनी, रसुवामा ५९१ रोपनी र धादिङमा २२ रोपनीभन्दा बढी जग्गा पहिचान गरिएको छ।

पहिचान गरिएका जग्गामा सरकारी तथा सार्वजनिक, निजी, वन, नेपाल विद्युत् प्राधिकरण, सरकारी विद्यालय, सिँचाइ तथा निकुञ्जअन्तर्गतका जग्गा छन्। तीमध्ये सरकारी र वन क्षेत्रको जग्गा सबैभन्दा धेरै रहेको छ।

समितिले अन्तिम निर्णयअघि सामाजिक, आर्थिक, प्राविधिक, वातावरणीय तथा सामुदायिक अध्ययन र स्थानीयस्तरमा परामर्श गर्न सुझाव दिएको छ। पुनर्स्थापनालाई सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य, सञ्चारलगायत आधारभूत पूर्वाधारसहित एकीकृत बस्ती विकासका रूपमा अघि बढाउनुपर्ने समितिको सुझाव छ।

समितिले गैरवन तथा गैरसंरक्षित क्षेत्रलाई प्राथमिकता दिन र त्यस्ता जग्गा उपलब्ध नभएमा मात्र वन वा संरक्षित क्षेत्र प्रयोग गर्ने प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।


Read Previous

टोयोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग

Read Next

मन्त्रालयका सचिव-सहसचिवसँग कार्यसम्पादन सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar